काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले आथिृक वर्ष २०८१/ ८२ को बैशाख महिनामा मात्रै करिब ३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले बैशाख महिनामा मात्रै २ लाख २३ हजार २७८ वटा बीमा पोलिसी बिक्री गरी कुल २ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इनस्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामा ३७ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखर इनस्योरेन्स कम्पनीले ३३ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले २८ करोड ९८लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २८ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इनस्योरेन्स कम्पनीले २३ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इनस्योरेन्स कम्पनीले १२ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १० करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ५ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।