Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बागलुङका महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

बागलुङका महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
A A+ A-

बागलुङ। बागलुङ नगरपालिकाले सञ्चालन गरेको आत्मनिर्भर बागलुङ कार्यक्रममार्फत स्थानीय महिला तरकारी खेतीमा आकर्षित भएका छन्।

नगरपालिकाका १० वटा वडामा सञ्चालित यस कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लास्टिक टनेल तथा खुला स्थानमा तरकारी खेती गरिरहेका छन्। गत आर्थिक वर्षमा उनीहरूले ६५ हजार ६६ किलो तरकारी उत्पादन गरी ३० लाख पाँच हजार रुपियाँ आम्दानी गर्न सफल भएका छन्।

बागलुङ नगरपालिका, हेफर परियोजना नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सहकार्यमा सञ्चालित यस कार्यक्रममा वडा नम्बर ५ देखि १४ सम्मका ७१ वटा महिला समूहमा एक हजार ७४३ घरधुरी आबद्ध छन्।

परियोजना व्यवस्थापक ममिता पुनका अनुसार विपन्न, दलित तथा जनजाति परिवारलाई कृषि र पशुपालनमार्फत स्वावलम्बी बनाउन बीउबिजन, कृषि उपकरण र प्लास्टिक टनेललगायतका सामग्रीमा अनुदान दिइएको छ।

कृषिबाहेक पशुपालनमा पनि किसान सक्रिय छन्। परियोजनाअन्तर्गत हालसम्म ३६१ वटा बाख्रा तथा बोका वितरण गरिएको छ। पशुपालनबाट बोका सेवा शुल्कबापत आठ लाख ३९ हजार ९५० रुपियाँ र बिक्रीबाट १५ लाख २९ हजार रुपियाँ आम्दानी भएको छ। किसानलाई वातावरणमैत्री खोर निर्माण, पशु बीमा र प्राविधिक तालिमको व्यवस्थासमेत गरिएको छ।

समूहमा आबद्ध किसानले बचत तथा ऋणको कारोबारसमेत थालेका छन्। हालसम्म समूहको बचत १२ लाख ८४ हजार ३८७ रुपियाँ पुगेको छ भने ११ लाख ६१ हजार १३० रुपियाँ ऋण लगानी भएको छ।

यस्तो ऋण कुखुरापालन र साना पसल सञ्चालनमा प्रयोग गरिएको छ। बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले कृषि तथा पशुपालनको व्यवसायीकरण र किसानको आयआर्जन बढाउन कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

2