काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालले तोकिएको मूल्यभन्दा बढी लिई ग्यास बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। भोटेकोसीमा आएको बाढीले कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रणालीमा समस्या देखिएको छ।
यस्तो विषम परिस्थितिमा केही व्यवसायीले बढी मूल्य लिएर ग्यास बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुचित मूल्य लिई ग्यास तथा अन्य उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य हो। यस्तो कार्य गर्नेलाई कारबाही गर्नुपर्छ।’
महासंघले समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गरेको छ। अहिलेको कठिन अवस्थामा आम उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेता सबैको साझा दायित्व रहेको महासंघले उल्लेख गरेको छ।
