Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चितवनमा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरले बढ्यो

चितवनमा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरले बढ्यो
A A+ A-

चितवन। जिल्लामा यस वर्ष सयपत्री फूल खेतीको क्षेत्रफलमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टरमा गरिएको सयपत्री खेती यस वर्ष बढेर ४४ हेक्टर पुगेको कृषि विकास कार्यालय चितवनले जनाएको छ।

कृषि विकास कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै किसानहरू व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्। यस वर्ष किसानले टिनिस-१, थाई टिनिस, टिनिस-२, सुमति र कर्मा ५५५ जातका सयपत्री फूल लगाएका छन्। गत वर्ष जिल्लाभर १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो।

चितवनका सातवटै स्थानीय तहमा व्यावसायिक फूल खेती भइरहेको छ। जसमध्ये सबैभन्दा बढी क्षेत्रफलमा भरतपुर महानगरपालिकामा खेती गरिएको छ। थोरै जग्गामा राम्रो उत्पादन हुने र चाडपर्वका समयमा फूलको माग बढ्ने भएकाले किसानहरू यस खेतीमा आकर्षित भएका हुन्।

सरकारले विदेशबाट हुने फूलको आयातमा कडाइ गरेपछि स्वदेशी उत्पादनको माग बढेको छ। भारतबाट हुँदै आएको फूल आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले पनि किसानहरू उत्साहित देखिएका छन्। चौहानले भनिन्, “गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो।” नेपालमा उत्पादित सयपत्री फूलको बजार माग निरन्तर बढ्दो क्रममा रहेको छ।

2