Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नर्भिकको विस्तार योजना: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थानसम्म

नर्भिकको विस्तार योजना: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थानसम्म
A A+ A-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले अस्पतालको क्षमता विस्तारसँगै सिटी हस्पिटल, एकीकृत क्यान्सर संस्थान, फार्मेसी नेटवर्क र घरमै स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ।

नर्भिकको छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य सेवा विस्तार र व्यवसायिक विकाससँग सम्बन्धित विभिन्न योजना अघि सारेको हो।

सभामा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै निर्माणाधीन अस्पताल भवनको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे।

५४ फार्मेसी शाखा विस्तार गर्ने लक्ष्य

नर्भिक फार्मेसिया प्रालिले हाल काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका १५ शाखालाई विस्तार गर्दै चालु आर्थिक वर्षमा उपत्यकाभित्र १८ र उपत्यकाबाहिर १५ शाखा थप गर्ने योजना बनाएको छ।

यसबाहेक फ्रान्चाइज मोडलमा ६ शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। यसअनुसार कुल शाखा संख्या ५४ पुर्‍याउने लक्ष्य राखिएको छ। आगामी दुई वर्षभित्र फार्मेसी शाखाको संख्या १०० पुर्‍याउने लक्ष्यसमेत नर्भिकले अघि सारेको छ।

५० शय्याको सिटी हस्पिटल

स्वास्थ्य सेवाको पहुँच काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटल परियोजना अघि बढाइएको छ।

नर्भिक सिटी हस्पिटल लिमिटेडअन्तर्गत स्थापना हुने अस्पताल ५० शय्याको हुनेछ। अस्पतालमा ओपीडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आईपीडी र अप्रेसन थिएटरलगायत सेवा सञ्चालन गर्ने योजना छ।

त्यस्तै प्याथोलोजी, यूएसजी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपी सर्जरी, एक्सरेलगायत निदान तथा उपचार सेवा उपलब्ध गराउने योजना रहेको नर्भिकले जनाएको छ।

३०० करोडको क्यान्सर संस्थान

नर्भिकले अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना पनि अघि सारेको छ।

संस्थान स्थापनाका लागि कम्पनी स्थापना भइसकेको र चालु आर्थिक वर्षमा परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइने नर्भिकले जनाएको छ। परियोजनाको नेतृत्व तथा सल्लाहकारको भूमिकामा संस्थापक अध्यक्ष एवं रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरी रहनेछन्।

नर्भिकका अनुसार परियोजनाको अनुमानित कुल लागत करिब रु. ३०० करोड हुनेछ। दीर्घकालीन रूपमा नेपालमै उच्चस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

घरमै स्वास्थ्य सेवा

नर्भिकले स्वास्थ्य सेवा घर–घरमा पुर्‍याउने उद्देश्यले ‘नर्भिक एट होम’ सेवा पनि सञ्चालन गर्ने योजना बनाएको छ।

पहिलो चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सेवा सुरु गर्ने योजना रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, एकीकृत र प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई समेत प्राथमिकता दिइएको छ। गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग र संस्थागत विस्तारलाई आगामी कार्ययोजनाको मुख्य प्राथमिकता बनाइएको नर्भिकले जनाएको छ।

२० प्रतिशत बोनस शेयर

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित भएको छ।

बुक बिल्डिङ प्रक्रियाअन्तर्गत संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक काम–कारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

नर्भिकको स्वास्थ्य क्षेत्रमा लगानी बढाउने योजना

साधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले चुनौतीपूर्ण परिस्थितिका बाबजुद संस्थाले सकारात्मक आर्थिक सूचक हासिल गर्न सफल भएको बताए।

उनले आगामी दिनमा स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकको लगानी विस्तार गरिने बताए।

सञ्चालक मेधा चौधरीले नर्भिकलाई एउटा अस्पतालमा सीमित नराखी आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित र दिगो स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने बताइन्।

नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिक सिटी हस्पिटलको सेवा मुख्य नर्भिक अस्पतालको तुलनामा थप सुलभ र स्थानीय बासिन्दाले सहज रूपमा उपयोग गर्न सक्ने गरी विकास गरिने बताए।

मिश्रले रसुवा बाढीपीडितका लागि स्थापित कोषमा नर्भिक अस्पतालका तर्फबाट रु. १ करोड सहयोग गरिएको जानकारी पनि दिए।

१ लाख ७९ हजार ओपीडी बिरामी

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा नर्भिकले ओपीडीमार्फत १ लाख ७९ हजार, आईपीडीमार्फत ९ हजार र आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा दिएको छ।

त्यस्तै अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड र पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी रु. २ अर्ब ८३ करोड र कुल खर्च रु. २ अर्ब ३६ करोड रहेको छ। यस अवधिमा खुद नाफा रु. ४७ करोडभन्दा बढी रहेको नर्भिकले जनाएको छ।

फार्मेसीसमेत समेट्दा कुल आम्दानी रु. ३ अर्ब ४७ करोड र कुल खर्च रु. २ अर्ब ९९ करोड पुगेको छ। यसबाट खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा बढी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

2