Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

ग्यासको चरम अभावले नागरिकको धैर्य टुट्दै

ग्यासको चरम अभावले नागरिकको धैर्य टुट्दै
A A+ A-

काठमाडौं। बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। बिहानैदेखि नागरिकहरू खाली सिलिन्डर बोकेर ग्यासका लागि लामो लाइनमा उभिन बाध्य छन्।

लामो समयसम्म लाइनमा बसे पनि अधिकांशले ग्यास पाउन सकेका छैनन्। यसले गर्दा धेरैको भान्सामा खाना पाक्न सकेको छैन र चुलो निभ्ने अवस्थामा पुगेको छ।

बजारमा ग्यासको अभाव भए पनि कालोबजारीमा भने ग्यास उपलब्ध रहेको पाइएको छ। कालोबजारियाहरूले तोकिएको मूल्यभन्दा निकै महँगोमा सिलिन्डर बिक्री गरिरहेका छन्।

सरकारी निकायले ग्यास आइरहेको दाबी गरे पनि बजारमा भने ग्यास नभएको व्यापारीहरूको भनाइ छ। नागरिकहरू घण्टौँसम्म लाइनमा उभिएर सरकारी व्यवस्थाको असफलता र सरकारको उपस्थितिको परीक्षा लिइरहेका छन्।

ग्यासको अभावले गर्दा गरिब परिवारका बालबालिका भोकै सुत्न बाध्य छन् भने कतिपयले खाना पकाउन दाउरा खोज्नुपर्ने अवस्था आएको छ।

ग्यासको लाइनमा उभिएका नागरिकहरूका लागि यो केवल इन्धनको अभाव मात्र नभई आफ्नो घरको चुलो र बालबालिकाको खानाको सुनिश्चितताको प्रश्न बनेको छ।

नागरिकको धैर्य टुट्दै गएको अवस्थामा सरकारले समयमै कदम नचाले भोकको समस्याले ठूलो रूप लिन सक्ने चिन्ता व्यक्त गरिएको छ।

2