Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान अवरुद्ध

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान अवरुद्ध
A A+ A-

काठमाडौं। ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा पछिल्लो तीन महिनादेखि हवाई उडान ठप्प हुँदा यात्रुहरू सेवाबाट बञ्चित भएका छन्।

प्रतिकूल मौसम र यात्रुको अभावका कारण जेठ २२ गतेयता विमानस्थलमा उडान हुन सकेको छैन।

नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार असारयता निरन्तरको वर्षा, बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएको हो।

भदौको तेस्रो सातादेखि मौसममा सुधार आउन थालेपछि उडानको तयारी भइरहेको उनले जानकारी दिए। सामान्य अवस्थामा सुकेटारमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने गरे पनि निगमले सेप्टेम्बरका लागि सोमबार मात्र उडान हुने गरी तालिका सार्वजनिक गरेको छ।

गत सोमबारको निर्धारित उडान यात्रु नभएका कारण रद्द भएको थियो। आगामी सोमबारको उडानका लागि हालसम्म काठमाडौंबाट ताप्लेजुङ आउन छ जना र ताप्लेजुङबाट काठमाडौं जान चार जना यात्रु सम्पर्कमा रहेको निगमले जनाएको छ। मौसम अनुकूल रहेमा सो उडान हुने निश्चित रहेको इन्चार्ज कार्कीले बताए।

दसैँ-तिहार नजिकिँदै गर्दा र पर्यटकीय सिजन सुरु भए पनि उडान नहुँदा स्थानीय व्यवसायी र यात्रु चिन्तित बनेका छन्। फुङ्लिङका होटल व्यवसायी विमल भण्डारीले मौसममा सुधार आइसकेकाले उडान नियमित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

नियमित उडान भएमा यात्रुको अभाव नहुने उनको भनाइ छ। सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले मात्र काठमाडौं-ताप्लेजुङ उडान गर्दै आएको छ।

करिब २,४०० मिटरको उचाइमा रहेको उक्त विमानस्थलमा बर्खायाममा बाक्लो हुस्सु लाग्ने भएकाले निजी एयरलाइन्सहरूले व्यावसायिक उडान गर्न सकेका छैनन्।

2