Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीले जलविद्युत् क्षेत्रमा १५१ अर्बको क्षति

भोटेकोशी बाढीले जलविद्युत् क्षेत्रमा १५१ अर्बको क्षति
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रले इतिहासकै ठूलो भौतिक क्षति व्यहोरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनअनुसार बाढीबाट जलविद्युत् क्षेत्रमा मात्रै १५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि करिब ३९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार बाढीले १३ वटा साना तथा ठूला जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ। आयोजनाका बाँध, विद्युत्गृह र सुरुङहरूमा लेदो र ढुङ्गा भरिँदा भौतिक पूर्वाधारमा ठूलो नोक्सानी भएको हो। माथिल्लो त्रिशूली-१, रसुवागढी, त्रिशूली ३ ‘ए’, त्रिशूली ३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवा भोटेकोशी जलविद्युत् आयोजनाहरू बढी प्रभावित भएका छन्।

यी आयोजना स्थलमा फसेका वा बेपत्ता भएका कामदारहरूको खोजीका लागि नेपाली सेनासहित अन्तर्राष्ट्रिय उद्धार टोलीहरू परिचालित छन्।

विद्युत् आपूर्ति सुचारु गर्न विभिन्न पहलहरू भइरहेका छन्। हाल रसुवाका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनः सुचारु भइसकेको छ।

गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका प्रभावित क्षेत्र तथा स्वास्थ्य चौकीहरूमा तत्कालका लागि सोलार प्यानल जडान गरी वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको छ।

धादिङको जहरे चार्ज स्टेसनको मर्मतपछि भोल्टेजको समस्या समाधान हुने अपेक्षा गरिएको छ। साथै, देवीघाट स्टेसनको पुनर्स्थापना र बेत्रावती क्षेत्रमा विद्युत् सुचारु गर्न प्राविधिक टोलीले काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

2