Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

जुम्लामा स्याउ बिक्रीबाट ३५ करोडभन्दा बढी आम्दानी

जुम्लामा स्याउ बिक्रीबाट ३५ करोडभन्दा बढी आम्दानी
A A+ A-

जुम्ला। जुम्लाका किसान र व्यापारी अहिले अर्गानिक स्याउ बिक्रीमा व्यस्त छन्।

जिल्ला कृषि विकास कार्यालयको अनुमति र स्थानीय सरकारको सिफारिसमा जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज र काठमाडौँलगायतका सहरमा धमाधम निर्यात भइरहेको छ। कर्णाली राजमार्गमा स्याउ बोकेका ट्रकहरूको आवतजावत बढेको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार भदौ २५ गतेसम्म करिब ३५ करोड रुपियाँभन्दा बढीको स्याउ बिक्री भइसकेको छ। यस वर्ष स्याउको उत्पादन र मूल्य दुवैमा वृद्धि भएको छ।

बगैँचामा स्याउको मूल्य प्रतिकेजी ८० देखि ९० रुपियाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा २० रुपियाँ बढी हो। कार्यालयले यस वर्ष ७० करोड रुपियाँभन्दा बढीको स्याउ निर्यात हुने अनुमान गरेको छ। जिल्लामा १९ हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ।

स्थानीय किसानहरूले यस पटक स्याउ बिक्री सहज भएको बताएका छन्। चन्दननाथ नगरपालिका-८ का किसान धर्मसिंह कठायतले आफ्नो बारीको नौ लाख रुपियाँ बराबरको स्याउ सुर्खेतमा बिक्री गरेको जानकारी दिनुभयो। त्यस्तै, सोही वडाकी धनराशि भण्डारीले दुई गाडी स्याउ सुर्खेत र नेपालगन्ज पठाएको बताउनुभयो। सुर्खेत र नेपालगन्जका बजारमा जुम्लाको स्याउले भारतीय स्याउलाई विस्थापित गरिरहेको छ।

यसैबीच, चन्दननाथ बहुद्देश्यीय सहकारीले काठमाडौँमा स्याउको बजारीकरण गरिरहेको छ। सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार तीन लाख केजी स्याउ काठमाडौँका विभिन्न स्थानमा बिक्री भइरहेको छ। सहकारीले जुम्लाको स्याउलाई ब्रान्डिङ गर्ने उद्देश्यले भद्रकालीमा बिक्री सप्ताहसमेत सञ्चालन गरेको छ।

साथै, भाटभटेनी सुपरमार्केटसँगको सम्झौताअनुसार जुम्लाबाट छ गाडी स्याउ काठमाडौँ पठाइएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने पाँच हजार ५९१ मेट्रिक टन निर्यात गरी ४१ करोड ८९ लाख रुपियाँ आम्दानी भएको थियो।

2