Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बैतडीमा १० ठेक्का रद्द, निर्माण व्यवसायी कालोसूचीमा पर्ने

बैतडीमा १० ठेक्का रद्द, निर्माण व्यवसायी कालोसूचीमा पर्ने
A A+ A-

काठमाडौं। सडक डिभिजन कार्यालय बैतडीले म्याद सकिएर पनि काम पूरा नगरेका १० वटा ठेक्का सम्झौता रद्द गरेको छ। तोकिएको समयसीमाभित्र निर्माण र मर्मत कार्य सम्पन्न नभएपछि कार्यालयले कडा कदम चाल्दै ठेक्का तोडेको हो।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ र ठेक्का सम्झौताका सर्तहरू अनुसार ती ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ। सम्झौता तोडिएका निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ बमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ। साथै, ऐनको दफा ५९ को उपदफा ८ बमोजिम उनीहरूको कार्यसम्पादन जमानत, धरौटी र बाँकी पेस्की रकम जफत गरिनेछ।

रद्द गरिएका ठेक्काहरूमा महाकाली राजमार्ग, खोड्पे-चैनपुर राजमार्ग, मध्यपहाडी राजमार्ग र दार्चुला राजमार्गका सडक मर्मत तथा स्तरोन्नतिसम्बन्धी आयोजनाहरू समावेश छन्। कारबाहीमा परेका निर्माण व्यवसायीहरूमा न्यू सहारा कन्स्ट्रक्सन डडेल्धुरा, जयलक्ष्मी निर्माण सेवा बाजुरा, प्रभास कन्स्ट्रक्सन बैतडी, श्री नरेन्द्र निर्माण सेवा बाजुरा, कुलगाडे निर्माण सेवा बैतडी, बिग बी एन्ड कम्पनी प्रालि बैतडी र रणसैनी निर्माण सेवा बैतडी रहेका छन्।

कार्यालयले सम्बन्धित व्यवसायीहरूलाई १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी आर्थिक फरफारक गर्न समय दिएको छ। सो अवधिभित्र व्यवसायी वा प्रतिनिधि उपस्थित नभएमा प्राविधिकमार्फत नापजाँच गरी थप प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

2