Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बैतडीका किसानलाई मकै भित्र्याउने चटारो

बैतडीका किसानलाई मकै भित्र्याउने चटारो
A A+ A-

काठमाडौं। बैतडीका गाउँबस्तीमा यतिबेला मकै थन्क्याउने चटारो सुरु भएको छ। किसानहरू बिहानैदेखि खेतबारीमा मकै भाँच्ने, डोकोमा बोकेर घर ल्याउने र सुकाउने काममा व्यस्त छन्। घरका बार्दलीमा मकैका लुटा झुन्डिन थालेपछि गाउँको वातावरणसमेत आकर्षक देखिन थालेको छ।

पाटन नगरपालिका-१० का किसान नारायण दत्तले पाकेको मकै समयमै भित्र्याउन नसकिए वर्षाले क्षति पुर्‍याउने चिन्ता व्यक्त गर्नुभयो। सुर्नया गाउँपालिका-४ का जयदेव भट्टका अनुसार जिल्लाका अधिकांश गाउँमा मकै भित्र्याउने क्रम असोजको दोस्रो सातासम्म चल्नेछ। यस वर्ष समयमै वर्षा भएकाले उत्पादन राम्रो हुने किसानको अपेक्षा छ। पाटन नगरपालिका-४ का राजेन्द्र बिष्टले समयमै मकै लगाउन पाएकाले उत्पादन सन्तोषजनक रहेको बताए।

बैतडीमा मकैलाई खोस्टा निकालेर लुटा बनाई घरको छानो वा बार्दलीमा झुन्ड्याएर राख्ने परम्परा अझै कायम छ। दशरथचन्द नगरपालिका-२ का मानबहादुर बोहराका अनुसार मकै यहाँको दैनिक जीवन, पशुपालन र घरखर्च धान्ने प्रमुख आधार हो। मकै भित्र्याउने समयमा परिवारका सबै सदस्य मिलेर काम गर्ने चलनले गाउँमा सामूहिक श्रम र संस्कृतिको झल्को दिन्छ।

यद्यपि, पछिल्ला वर्षमा वन्यजन्तुको समस्या बढ्दो छ। दशरथचन्द नगरपालिका-७ का प्रकाश जोशीले बाँदर र बँदेलबाट बाली जोगाउन दिनरात निगरानी गर्नुपर्ने बाध्यता रहेको बताए। कृषि ज्ञान केन्द्र, बैतडीका सूचना अधिकारी महेस पाण्डेका अनुसार जिल्लाको १३ हजार हेक्टरभन्दा बढी जमिनमा मकै खेती गरिन्छ। गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको छ। प्राकृतिक विपत्ति र वन्यजन्तुको जोखिमका बाबजुद पनि किसानहरूले मकै खेतीलाई आफ्नो प्रमुख बालीका रूपमा निरन्तरता दिइरहेका छन्।

2