Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

वैदेशिक रोजगारमा सीमित संस्थाको नियन्त्रण मान्य हुँदैन : श्रममन्त्री यादव

वैदेशिक रोजगारमा सीमित संस्थाको नियन्त्रण मान्य हुँदैन : श्रममन्त्री यादव
A A+ A-

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले मलेसियाको एफडब्लूसीएमएस प्रणालीमा केही निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार मन्त्रालयमा मलेसियाका लागि कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँगको भेटवार्तामा मन्त्री यादवले उक्त प्रणालीमा केही इजाजतपत्र प्राप्त संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा समावेश गरिएको विषयमा चासो व्यक्त गरेका हुन्।

मन्त्री यादवले संस्था सूचीकृत गर्ने मूल्यांकन प्रणाली र मापदण्डबारे नेपाल सरकारलाई आधिकारिक जानकारी उपलब्ध गराउन कार्यवाहक राजदूत अजमानसँग आग्रह गरेका छन्। उनले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा संकुचित हुने तथा सीमित संस्था वा समूहको नियन्त्रण कायम हुने कुनै पनि व्यवस्था कानुनी प्रावधान र द्विपक्षीय श्रम सम्झौताविपरीत हुने स्पष्ट पारेका छन्।

सबै इजाजतपत्र प्राप्त व्यवसायी संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्नेमा जोड दिँदै मन्त्री यादवले केही सूचीकृत संस्थाले प्रणालीबाट बाहिरिने इच्छा देखाएको विषयमा समेत जानकारी गराएका थिए। यस विवादको समाधानका लागि जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मलेसिया सरकारसँग समन्वय र सहजीकरणका लागि पहल गर्न कार्यवाहक राजदूतलाई आग्रह गरेका छन्।

2