Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अर्थमन्त्री वाग्लेको भारत भ्रमण: दुई उच्चस्तरीय भेटवार्ता र तीन सम्बोधन

अर्थमन्त्री वाग्लेको भारत भ्रमण: दुई उच्चस्तरीय भेटवार्ता र तीन सम्बोधन
A A+ A-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले असोज १ गते बिहीबार भारत भ्रमणमा जाँदै छन्। मन्त्री भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा हुने यो भ्रमण असोज ३ गतेसम्म चल्नेछ। मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गर्ने तयारी गरेको छ।

अर्थमन्त्री वाग्लेले बिहीबार नै नयाँ दिल्ली पुगेपछि आफ्नी समकक्षी सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यसबाहेक वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग पनि भेटवार्ताको प्रयास भइरहेको उनको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा वाग्लेले तीनवटा विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन्। शुक्रबार बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने राउन्डटेबल बैठकमा उनी सहभागी हुनेछन्।

शनिबार कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले आयोजना गर्ने कार्यक्रममा उनले नेपालमा लगानी प्रवर्द्धनका लागि सरकारको नीतिबारे चर्चा गर्नेछन्। सोही दिन उनले दिल्ली स्कुल अफ इकोनोमिक्समा विश्व र एसियाली अर्थतन्त्रको अवस्थाबारे प्रवचन दिनेछन्।

सचिवालयका अनुसार भ्रमणको मुख्य एजेन्डा कनेक्टिभिटी, व्यापार, पारवहन र व्यावसायिक सहकार्यमा केन्द्रित रहनेछ। विशेषगरी भदौ १० गतेको बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा भारतको सहयोगबारे पनि छलफल हुनेछ। भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख र सचिवालयका दुई सदस्य रहनेछन्।

2