Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बजारको महंगी र यातायातको सास्तीबारे रास्वपा सांसदको प्रश्न

बजारको महंगी र यातायातको सास्तीबारे रास्वपा सांसदको प्रश्न
A A+ A-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र सार्वजनिक यातायातको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आफ्नै सरकारको कार्यकालमा महँगी बढेको भन्दै आलोचना गरेका हुन्।

सांसद प्रसाईंले प्याज, चिनी, चामल र तेललगायतका दैनिक उपभोग्य सामग्रीको मूल्य अचाक्ली बढेको उल्लेख गर्दै भने, ‘एकातिर देश विपतले छटपटाइरहेको बेला अर्काेतिर बजार उदण्ड भयो र मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो।’ उनले महँगीको मारमा सर्वसाधारण परेको भन्दै चिन्ता व्यक्त गरे।

उनले उद्योगमन्त्री दीपककुमार साहलाई कालोबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे। ‘नयाँ उद्योगमन्त्री आउनुभएको छ, म उहाँलाई शुभकामना भन्न चाहन्छु। उहाँको भूमिका यसपटक नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइनकि, यो कालोबजारी नियन्त्रण गर्नका लागि साच्चिकै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस्,’ उनले भने।

त्यसैगरी, काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको दयनीय अवस्थाबारे पनि उनले प्रश्न उठाए। सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु कोचेर ओसारपसार भइरहेको भन्दै उनले गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराए। ‘राजधानीको सवारी साधनमा भेडाबाख्रा कोचिए जस्तो क्षमताभन्दा बढी मान्छे कोचेर ओसारिँदैछ। यात्रुहरूले दैनिक जीवनमा दु:ख भोग्नुपरेको छ,’ उनले भने। उनले राजधानीको ट्राफिक व्यवस्थापन गर्ने सामर्थ्यबारे पनि प्रश्न गरेका थिए।

यसअघि मंगलबारको संसद बैठकमा पनि रास्वपाकै सांसद बदनकुमार भण्डारीले महँगी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए। पछिल्ला दिनहरूमा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य व्यापक रूपमा बढेको छ।

2