Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपहिरोको बहानामा कालोबजारी र कृत्रिम अभाव बढेको भन्दै कारबाहीको माग

बाढीपहिरोको बहानामा कालोबजारी र कृत्रिम अभाव बढेको भन्दै कारबाहीको माग
A A+ A-

काठमाडौं। बाढी र पहिरोको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर चिन्ता व्यक्त गरेको छ।

मञ्चले विपत्तिको समयमा अनुचित लाभ लिनेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको हो। मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बुधबार जारी गरेको वक्तव्यमा भोटेकोशीको बाढी र राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले आपूर्ति प्रणाली अवरुद्ध भएको उल्लेख छ।

यही प्राकृतिक विपत्तिको फाइदा उठाउँदै दाल, चामल, तरकारी, खानेतेल र एलपी ग्यास जस्ता अत्यावश्यक वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गरिएको मञ्चको भनाइ छ।

वक्तव्यमा भनिएको छ, ‘प्राकृतिक विपत्तिको यो घाउ ओभानो हुन नपाउँदै कालोबजारी र मूल्यवृद्धिले आम उपभोक्ताको भान्सामा थप पीडा पुर्याएको छ, यस्तो अमानवीय कार्य गर्नेहरूलाई राजनीतिक वा अन्य कुनै संरक्षण नदिई कडाभन्दा कडा कानुनी कारबाही गरियोस्।’

मञ्चले सरकारलाई बजार अनुगमनलाई कर्मकाण्डी नबनाई परिणाममुखी बनाउन आग्रह गरेको छ। साथै, आपूर्ति शृङ्खला सहज बनाउन वैकल्पिक सडक सञ्जालको तत्काल मर्मत गर्न ध्यानाकर्षण गराएको छ।

निजी क्षेत्रका छाता सङ्गठनहरूलाई व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्न र कालोबजारी गर्नेहरूलाई संस्थागत रूपमै बहिष्कार गर्न मञ्चले अपिल गरेको छ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बजार हस्तक्षेप गरी मूल्य सन्तुलन कायम गर्न र देशव्यापी रूपमा सुपथ मूल्यका पसल तथा घुम्ती सेवा सञ्चालन गर्न मञ्चले माग गरेको छ।

मञ्चले विषम परिस्थितिमा राज्य, निजी क्षेत्र र उपभोक्ता अधिकारकर्मीहरूबीच एकता र इमानदार प्रयासको आवश्यकता रहेको औँल्याएको छ।

2