Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावितलाई विद्युत् महसुलमा छुट र निःशुल्क मिटर

बाढी प्रभावितलाई विद्युत् महसुलमा छुट र निःशुल्क मिटर
A A+ A-

काठमाडौं। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बासिन्दा तथा व्यवसायीलाई विद्युत् सेवामा तत्काल राहत दिने निर्णय गरेको छ।

बाढीका कारण घर, व्यवसाय र उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा विशेष सहुलियत दिइने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्को यस घडीमा प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउन यस्तो निर्णय गरिएको बताए। उनले छिमेकीलाई हाम्रो साथ भन्ने भावनाअनुरूप अन्य ग्राहकबाट प्राप्त शुल्कसमेत प्रभावित परिवारको राहतका लागि उपयोग गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भदौ महिनादेखि नै लागू हुने गरी प्रभावित ग्राहकको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ।

यसका साथै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगका विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ। लगत कट्टा भएका ग्राहकले पुनः सेवा लिन चाहेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउनेछ।

प्राधिकरणले बाढी प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको काम गरिरहेको छ। यसका साथै प्रभावित क्षेत्रका ग्राहकलाई थप महसुल छुट वा सहुलियत दिने विषयमा अध्ययन गरी प्रस्ताव पेस गर्न व्यवस्थापनलाई निर्देशन दिइएको छ।

उक्त अध्ययनका आधारमा यसै साता थप सहुलियतको टुंगो लगाउने तयारी प्राधिकरणको छ। बाढीका कारण विद्युत् पूर्वाधारसँगै व्यक्तिगत संरचनामा क्षति पुगेका नागरिकलाई तत्कालको आर्थिक भारबाट राहत दिलाउन यो सहजीकरण गरिएको हो।

2