udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तीन महिनादेखि उडान नहुँदा रेसुङ्गा विमानस्थल सुनसान

तीन महिनादेखि उडान नहुँदा रेसुङ्गा विमानस्थल सुनसान
A A+ A-

गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलबाट पछिल्लो तीन महिनादेखि कुनै पनि व्यावसायिक हवाई उडान हुन सकेको छैन। जेठ महिनाको तेस्रो सातादेखि विमानस्थलमा हवाई सेवा पूर्ण रूपमा ठप्प छ। प्रतिकूल मौसमका कारण उडान पटक-पटक रद्द भएपछि यात्रुहरू सडक मार्गको विकल्प रोज्न बाध्य छन्।

विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार वर्षायाममा लाग्ने बाक्लो कुहिरोका कारण उडान नियमित गर्न समस्या भएको हो। नेपाल वायुसेवा निगमले सातामा तीन दिन शनिबार, आइतबार र बिहीबार उडान तालिका तय गरेको थियो। तर मौसम प्रतिकूलताले गर्दा यात्रुहरूले पटक-पटक टिकट रद्द गर्नुपर्ने अवस्था छ, जसले गर्दा उनीहरूको समय र आर्थिक भार दुवै बढेको छ। हाल मौसममा सुधार आउन थालेकाले छिट्टै सेवा नियमित हुने अपेक्षा गरिएको छ।

नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाडौँ-गुल्मी उडान गर्दै आएको थियो। निगमले काठमाडौँ-गुल्मीका लागि १० हजार ७ सय १० रुपैयाँ र गुल्मी-काठमाडौँका लागि १० हजार ५ सय १० रुपैयाँ भाडा तोकेको छ। सञ्चालनमा आएको तीन वर्षको अवधिमा यस विमानस्थलबाट ३७८ वटा दुईतर्फी उडान भएका छन्। पछिल्लो समय इन्धनको मूल्य वृद्धिले यात्रुको सङ्ख्यामा समेत कमी आएको स्टेशन प्रमुख थापाले बताए।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेयले हवाई सेवा नियमित नहुँदा जिल्लाको पर्यटन प्रवर्द्धनमा असर पुगेको बताए। सडक मार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टा लाग्ने भए पनि हवाई मार्गबाट ४५ देखि ५० मिनेटमै पुग्न सकिन्छ। सेवा सुचारु भएमा बिरामी, वृद्धवृद्धा र अत्यावश्यक काममा यात्रा गर्ने नागरिकलाई ठुलो राहत मिल्ने उनको भनाइ छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action