Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मुस्ताङको शितोष्ण बागवानी केन्द्रमा बायोटेक्नोलोजिस्टको दरबन्दी थपिने

मुस्ताङको शितोष्ण बागवानी केन्द्रमा बायोटेक्नोलोजिस्टको दरबन्दी थपिने
A A+ A-

काठमाडौं। मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउको बिरुवा उत्पादनलाई तीव्रता दिन टिस्यु कल्चर बायोटेक्नोलोजिस्टको स्थायी दरबन्दी थप गरिने भएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले केन्द्रको निरीक्षणका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्।

‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन-२०८३’ को उद्घाटनका लागि मुस्ताङ पुगेकी मन्त्री चौधरीले घरपझोङ गाउँपालिका-२ मा रहेको केन्द्रको स्थलगत अवलोकन गरेकी थिइन्। सो क्रममा उनले केन्द्रको प्रदर्शनी कक्षमा राखिएका स्याउ, शितोष्ण फलफूल, बेमौसमी तरकारी र प्रशोधित कृषि उपजहरूको निरीक्षण गरिन्।

केन्द्रका प्रमुख प्रकाश पन्थले हाइब्रिड स्याउ उत्पादनका लागि बायोटेक्नोलोजिस्टको दरबन्दी अपरिहार्य रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले केन्द्रको बजेट अभाव र विद्यमान चुनौतीबारे मन्त्रीलाई जानकारी गराएका थिए। जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्तःशुल्कसम्बन्धी बेरुजु समस्या सुल्झाउने र प्राविधिक दरबन्दी थप्न मन्त्रालयले पहल गर्ने आश्वासन दिइन्।

साथै, मन्त्री चौधरीले स्याटेलाइट फार्म स्थापनाका लागि यसलाई छुट्टै परियोजनाका रूपमा अघि बढाउने विषयमा मन्त्रालयमा छलफल गरिने बताएकी छन्।

विसं २०२३ मा स्थापना भएको यो केन्द्रले मुस्ताङका किसानलाई फलफूल तथा तरकारीखेती र नयाँ प्रविधि हस्तान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। हाल करिब ९०० रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले कृषि बालीको उत्पादन, वैज्ञानिक अनुसन्धान र किसानको क्षमता विकासका कार्य गर्दै आएको छ।

2