काठमाडौं – बुधबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन करिब ४ अंकले घट्दै २६५४ अंकमा ओर्लिएको सूचक आज थप १.०७ अंकले घट्दै २६५३.६८ विन्दुमा झरेको हो ।
तथापि कारोबार भने आज केहीँ बढ्दै ९ अर्ब ८ करोड ५८ लाख रुपियाँ बराबरको भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
आज हाइड्रोपावर, जीवन बीमा, म्यानिफ्याक्चरिङ्ग र म्युचुअल फण्डको उपसूचक धनात्मक हुँदा अरु बाँकी उपसूचक ऋणात्मक भएका छन् । आज १५९ कम्पनीको शेयर मूल्य घट्दा ८८ कम्पनीको मूल्य बढेको छ ।
आज सबैभन्दा बढी कमाउनेमा पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतलेनै घट्न पुगेको छ ।