काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ७६ अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोडको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । मध्यभोटेकोशीका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।