काठमाडौं । सुनचाँदीका गरगहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा आजबाट पुनः आन्दोलनमा उत्रिएका व्यवसायीहरुले ढिलो गरी सुन–चाँदीको भाउ सार्वजनिक गरेका छन्।
व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ३ हजार १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ थियो। यो दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।