काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म जीवन बीमा कम्पनीहरुले साढे १ खर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले जेठसम्म १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बीमालेख बिक्री गरेर १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १५.२९ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सबै १४ वटै जीवन बीमकको व्यापार बढेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय बीमा कम्पनी अगाडि रहेका छन्।
चालु आर्थिक वर्षको जेठसम्म नेपाल लाइफले ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले जेठसम्म १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १८.३० प्रतिशतले बढेको छ।
तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। अघिल्लो वर्ष जेठसम्म १५ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिसम्म ८.४७ प्रतिशतले बढेर १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ पुगेको छ।
यसैगरी चालु आर्थिक वर्षको जेठसम्म हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ र सिटिजन लाइफले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा हिमालयन लाइफको व्यापार ३.९७ प्रतिशत, सूर्यज्योति लाइफको १८.१३ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ५१.२० प्रतिशत, एसियन लाइफको ११.८८ प्रतिशत र सिटिजन लाइफको १९.५८ प्रतिशतले बढेको छ।
जेठसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड २९ लाख रुपैयाँ, मेटलाइफले ५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ७२ करोड १९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ, प्रमु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सानिमा रिलायन्स लाइफको व्यापार १०.८० प्रतिशत, मेटलाइफको ९.०७ प्रतिशत, आइएमई लाइफको १६.६५ प्रतिशत, रिलायबल नेपाल लाइफको २३.३८ प्रतिशत, प्रमु महालक्ष्मी लाइफको २२.२६ प्रतिशत र सन नेपाल लाइफको १०.२२ प्रतिशतले बढेको छ।