Logo

नेप्से फेरि २७०० माथि, कारोबार रकम ९ अर्ब ६४ करोड

अ+ अ-

काठमाडौं – आज साताको अन्तिम दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १४ अंकले बढेर २,७०३ को विन्दुमा कायम भउको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।