काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आइपीओ जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले आज असार १९ गते बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले ५८ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको छ।
अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ। यो कम्पनीको जारी पुँजीको २०.७१ प्रतिशतबराबरको हुनेछ।
हाल कम्पनीमा संस्थापक समूहको २ अर्ब २४ करोड ४० लाख रुपैयाँबराबरको शेयर स्वामित्व रहेको छ। जुन जारी पुँजीको ७९.२९ प्रतिशत हो।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।