Logo

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम ७ अर्ब ४५ करोड

अ+ अ-

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ०४ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनकिो शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएका हुन् ।