Logo

आज बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।