Logo

आज घट्यो सुन चाँदीको भाउ

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।