Logo

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।