Logo

सेयर बजारमा उत्साहजनक वृद्धि, १६ अर्ब ३२ करोडकाे कारोबार

अ+ अ-

काठमाडौँ – सेयर बजारमा सोमबार उत्साहजनक वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजार परिसूचक मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अघिल्लो दिन बजारमा २१ अर्ब रुपैयाँको कारोबार भएको थियो । आज कारोबार घटे पनि कारोबारको उत्साह भने कायमै रहेको देखिन्छ । आज बजारमा १४९ कम्पनीका ३११ स्क्रिप्टको कारोबार भएका छन् । त्यसमध्ये १५३ कम्पनीको मूल्य बढेका छन् ।

९६ कम्पनीको मूल्य घटेको देखिन्छ । कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख र बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा थ्रिस्टार हाइड्रोेपावर, ट्रेड टावर, र सान्भी इनर्जी प्रमुख छन्। यी कम्पनीहरूको सेयर मूल्यमा करिब १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकमा भने नकारात्मक सर्किट लागेको छ । बजार २९०० को मनोवैज्ञानिक तहभन्दा माथि बन्द हुनु र कारोबार रकम समेत उल्लेख्य हुनुले लगानीकर्ता बजारमा उत्साहित रहेको देखिएको छ ।

बजारमा आज सबै समूहको सूचक सकारात्मक हुँदा मात्रइक्रोफाइनान्स र अन्य समूह २ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।