Logo

आज सेयर बजारमा भारी वृद्धि, कारोबार रकम २० अर्ब माथि

अ+ अ-

काठमाडौं – साताको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ८१.७७ अंकले बढेर २९७४.५० अंक विन्दुमा आइपुगेको छ ।आज ४ करोड ३५ लाख ८१ हजार कित्ता सेयर २० अर्ब ८ करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको घटेको छ । ट्रेड टावरमा १०%, शिवम् सिमेन्ट, सान्भि इनर्जीमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७१ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शिवम् सिमेन्टको ६८ करोड ८३ लाख, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड १ लाख, बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख, ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।