Logo

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अ+ अ-

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलामा २४ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बुधबार सुन १ लाख ९७ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।