काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।