गुल्मी- गुल्मीमा ट्राफिक प्रहरीले चार वर्षमा सवारी कारबाहीबाट दुई करोड रुपियाभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८–०७९ देखि २०८१–०८२ सम्म यस जिल्लामा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका ३३ हजार ५८४ सवारी कारबाहीबाट दुई करोड १५ लाख ९४ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक नियम उलङ्घन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी साधन चलाउने, मापसे गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान बहादुर कुँवरले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१–०८२ मा यस जिल्लामा ट्रक–९४२, बस–२०४, जिप÷कार–एक हजार ९६५, ट्याक्टर–३२९, मोटरसाईकल–एक हजार ९२२ गरी कुल पाँच हजार ३६२ सवारी साधन कारबाहीमा परेका थिए । जसबाट ४३ लाख ९७ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
यस जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा ट्रक–८३५, बस–५००, जिप/कार–तीन हजार ६७१, ट्याक्टर–३७२, मोटरसाईकल–दुई हजार ९८६, अन्य सवारी साधन–६१ गरी कुल आठ हजार ४२५ सवारी साधन कारबाहीमा परेका थिए । जसबाट ५१ लाख २५ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको पाइएको छ । आर्थिक वर्ष २०७९–०८० मा ट्रक–७५७, बस–६६३, जिप÷कार–चार हजार १५२, ट्याक्टर–३८२, मोटरसाईकल–चार हजार १०७, अन्य सवारी साधन–३१ गरी कुल दश हजार ९७ सवारी साधन कारबाहीमा परेका थिए । जसबाट ६३ लाख १४ हजार राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा ट्रक–८३१, बस–६१४, जिप÷कार–तीन हजार ३४२, ट्याक्टर–४७०, मोटरसाईकल–चार हजार ४०७ गरी कुल नौ हजार ६१४ सवारी साधन कारबाहीमा परेका थिए । जसबाट ५७ लाख ५७ हजार ५०० रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चार वर्षमा सवारी दुर्घटनामा ४६ जनाको मृत्यु
यस जिल्लामा चार वर्षमा सवारी साधन दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–०७९ देखि २०८१–०८२ सम्ममा १४१ सवारी दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ । बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका सवारी साधन दुर्घटना भएका थिए । यस जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा ट्रक–सात, बस–तीन, जिप÷कार–२३, ट्याक्टर–सात, मोटरसाईकल–४६, अन्य सवारी साधन–दुई गरी कुल ८८ सवारी साधन दुर्घटना भएका थिए । यस वर्ष सवारी दुर्घटनामा परेर दस जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०८०–०८१ मा ट्रक–तीन, बस–चार, जिप/कार–चार, ट्याक्टर–चार, मोटरसाईकल–छ गरी कुल २० सवारी साधन दुर्घटना भएका थिए । यस वर्ष सवारी दुर्घटनामा परेर नौ जनाको मृत्यु भएको पाइएको छ । आर्थिक वर्ष २०७९–०८० मा ट्रक–एक, जिप÷कार–दुई, ट्याक्टर–दुई, मोटरसाईकल–एक गरी कुल छ सवारी साधन दुर्घटना भएका थिए । यस वर्ष सवारी दुर्घटनामा परेर दश जनाको मृत्यु भएको पाइएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ट्रक–एक, जिप÷कार–सात, ट्याक्टर–१४, मोटरसाईकल–पाँच गरी कुल २७ सवारी साधन दुर्घटना भएका थिए । यस वर्ष सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटनालाई न्यूनीकरणसम्बन्धी विभिन्न समयमा चालक तथा सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षणसँगै सवारी चेक जाँचलाई कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान बहादुर कुँवरले जानकारी बताउनुभयो । सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई समेत जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०८१–०८२ मा मात्रै दुई हजार २६६ पटकमा ४४ हजार ५०० जनालाई ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको थियो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न प्रशिक्षण कार्यक्रम गर्नुका साथै चालकको स्वास्थ्य परीक्षण र विद्यालय कार्यक्रमलाई समेत तीव्रता दिएको उहाँले बताउनुभयो ।