काठमाडौं – नेपाली बजार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।