Logo

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २२ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।