काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।