Logo

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।  चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी २२ सय २५ रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय २० रुपैयाँमा किनबेच भएको थियो।