Logo

सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।

आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ  भने चाँदी २२ सय ८० रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।