काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।