काठमाडौं – नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय रुपैयाँमा किनबेच भएको थियो।