काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज यी दुवैको मूल्य नयाँ उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। गत शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।
गत शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।