Logo

कात्तिक १० गतेसम्म त्रिविको पठनपाठन बन्द

अ+ अ-

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा विज्ञप्तिमा आगामी कात्तिक ११ गतेदेखि त्रिविको पठनपाठन सञ्चालन हुने उल्लेख छ ।

त्रिविका प्रमुख क्षेत्रीले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी यही भदौ २९, ३० र ३१ तथा असोज १, २ र पाँच साथै कात्तिक ९ गतेका दिन त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।