काठमाडौं- नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।
 
                 
                     
                     
                                    
                                     
                            
                                                     
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                