काठमाडौँ- सुनको मूल्य प्रतितोला रू. दुई हजार सात सय बढेको छ ।
बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ८० ले बढेर तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।