काठमाडौँ- मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी ३ हजार १७५ मा कारोबार भइरहेको छ ।
मङ्गलबार एक तोला सुन २ लाख ४६ हजार ४०० र चाँदी ३ हजार १७० मा खरिदबिक्री भएको थियो ।