काठमाडौँ- बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य ५ हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी ३ हजार ३४५ मा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन २ लाख ४४ हजार ३०० र चाँदी ३ हजार १७५ मा खरिदबिक्री भएको थियो ।