Logo

गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेट : निर्वाचनमा बेलायतको सहयोग रहने

अ+ अ-

काठमाडौँ-गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार, भेटमा जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेल्नुभएको भूमिकाबारे चर्चा भएको थियो ।

राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधै प्रगाढ रहिरहनेसमेत बताउनु भयो।