काठमाडौँ- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मूल्य केही बढेको छ ।
आज छापावाल सुन प्रतितोला २लाख ६२ हजार ५०० र चाँदीको मूल्य ४ हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।