Logo

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । चाँदी तोलामा ४९ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।