काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायत अधिकांश विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ ।
निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४१ पैसा र बिक्रीदर १५२ रुपियाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ३२ पैसा र बिक्रीदर १७५ रुपियाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ४१ पैसा र बिक्रीदर २०२ रुपियाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ३७ पैसा र बिक्रीदर १०४ रुपियाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३२ पैसा र बिक्रीदर १०९ रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ६४ पैसा र बिक्रीदर ११८ रुपियाँ १० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ९१ पैसा र बिक्रीदर २१ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३५ पैसा र बिक्रीदर ४० रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ४४ पैसा र बिक्रीदर ४१ रुपियाँ ६१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २३ पैसा र बिक्रीदर ४१ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०५ पैसा र बिक्रीदर १६ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३३ पैसा र बिक्रीदर २३ रुपियाँ ४२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३३ पैसा र बिक्रीदर १९ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ २८ पैसा र बिक्रीदर ३९४ रुपियाँ ८४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।